Rule 159
सेवामा पुन कायम भए पछि पूरा तलब भत्ता पाउने
: कुनै सशस्त्र प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्ने निर्णय वा आदेश रद्द भई निज सेवामा पुन कायम भएमा निजले सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुन कायम भएको मितिसम्मको पूरा तलब भत्ता, रासन र तलब वृद्धि पाउने भए तलब वृद्धि समेत पाउनेछ ।
तर नियम ११३ को उपनियम (१) को खण्ड (ज) र सोही नियमको उपनियम (२) को खण्ड (घ) बमोजिम अनुपस्थित वा गैरहाजिर भएको आधारमा सेवाबाट हटाइएको वा बर्खास्त गरिएको सशस्त्र प्रहरी कर्मचारी पुन सेवामा बहाली भएमा अनुपस्थित वा गैरहाजिर भएको अवधिको कुनै पनि सुविधा पाउने छैन ।